काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मङ्गलबार नबस्ने भएको छ । भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी आजका लागि तय भएको बैठक स्थगित भएको हो ।
आज बिहान ११ बजेका लागि तय भएको बैठक सुरूमा दिउँसो २ बजे बस्ने गरी स्थगित भएको थियो ।
गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् ।
आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।
FACEBOOK COMMENTS