काठमाडौं, पुस १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध वृहत् नागरिक आन्दोलन घोषणा गरिएको छ।
गत पुस ७ गते आकस्मिक रूपमा काठमाडौंमा आयोजित सचेत बौद्धिक, लेखक, कवि, कलाकार तथा नागरिकहरूको एक कार्यक्रममा विभिन्न निर्णयहरू सार्वजनिक गरिएको थियो।
शुक्रबार संयोजक युग पाठकद्वारा जारी विज्ञप्तिमा संसद विघटनविरूद्ध विभिन्न कार्यक्रमहरू सार्वजनिक भएको छ।
‘संविधानले चिन्दै नचिन्ने आदेशको भरमा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन र राष्ट्रपतिको अविवेकी लाहाछाप लागेको घटनाले आम जनसाधरणको मनमा पारेको गहिरो चोट र संशयलाई मध्यनजर गर्दै नागरिक आन्दोलनले आदेशको भत्सर्ना गरिसकेको छ,’विज्ञप्तिमा भनिएको छ।
संयोजक पाठकका अनुसार पाँच दिने संघर्षको कार्यक्रम घोषणा गरेको हो।
सोमबार डम्फु, बुधबार धिमे, शुक्रबार च्याब्रुङसहितको कोणसभा र शनिबार सडक नाटकसहित नागरिक सभा गरिने संयोजक पाठकले जानकारी दिए।
सो कार्यक्रम दैनिक दिउँसो २ बजेदेखि कविता, संगीत लगायतका कलात्मक प्रस्तुतिका साथ हुने विज्ञप्तिमा उल्लेख छ।
FACEBOOK COMMENTS