काठमाडौं, माघ २ –। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । यसअघि बुधबार सर्वोच्चले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दामा आज थप सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी दाबी गर्ने कानुन व्यवसायीहरूले यो विवाद बृहत् पूर्ण इजलासमा पेस गर्नुपर्ने माग गरेका छन् भने महान्यायाधिवक्तासहित सरकारी पक्षका कानुन व्यवसायीहरूले भने बृहत् पूर्ण इजलासमा नभई संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुनुपर्छ भनेका छन् । शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले पुस २२ मा यी रिटमाथिको सुनुवाई वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै निवेदन दिएका थिए। पुस २९ मा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले वृहत पूर्ण इजलासमा रिट सार्नु नपर्ने जिकिरसहितको निवेदन पेश गरेका थिए।
FACEBOOK COMMENTS