काठमाडौं, पुस ५ – सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस प्रतिगामी कदम भएको टिप्पणी गरेका छन्।
श्रेष्ठले आइतबार ट्विट गर्दै ओलीको कदम लागू हुन नसक्ने उल्लेख गरेका छन्। साथै उनले गणतन्त्र, लोकतन्त्र र परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने तर्क गरेका छन्।
श्रेष्ठले लेखेका छन् : आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागू हुन सक्दैन।यसको बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।
FACEBOOK COMMENTS