काठमाडौँ । सक्रिय लगानीकर्ताहरुका लागी आजको कारोबारले केहि राहत मिलेको छ । बजार घटेकाले चिन्तित लगानीकर्तामा आज केहि उत्साहा देखिएको छ । लगातार गिरावटको क्रममा रहेको नेप्से केन्द्रीय बैंकले ब्याजदरको अस्वभाविक उतारचढावमा रोक लगाइदिएपछि क्रमशः सकारात्मक बन्न थालेको हो ।
अहिले लाभांशको समयमा बढ्नु पर्ने बजार पनि निरन्तरजसो घटेको थियो । केन्द्रीय बैंकले सेयर धितो कर्जामा केहि बन्देज लगाइदिएपछि बजार घट्ने क्रम सुरु भएको थियो ।
सोमबार नेप्से सूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा आइपुगेको छ । ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुमा भएको औसत कारोबार भन्दा यो धेरै हो । ३३ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाइनसम्म वृद्धि भएको छ ।सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७, विकास बैंक ३०१, फाइनान्स १७६, होटल तथा पर्यटन ८१, जलविद्युत २००, लगानी ३, जीवन बीमा ५३७, उत्पादन १४३, माइक्रोफाइनान्स १२१, निर्जीवन बीमा ४६७, अन्य ४६ र ब्यापार उपसमूह १५ अंकले बढे ।
डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिश्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढ्यो ।
त्यस्तै १० प्रतिशत नै मूल्य बढेका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री र ग्रीनलाइफ हाइड्रोपावर छन् ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र सिद्धार्थ बैंक परेका छन् । सबै समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स र हाइड्रोपावर तथा निर्जीवन बिमा समूहहरु सबैभन्दा बढी वृद्धि भएका छन् ।
अहिले शेयर लगानी कर्तामा ४५ लाख हाराहारीमा डिम्याट खाता खोल्नेको संख्या पुगेको छ भने सक्रिय लगानी कर्ता २५ लाख भन्दा बढिको संख्या रहेको छ ।
शेयर बजारमा थोरै पुँजी छ भने पनि त्यसको रिटर्न पाउन सकिन्छ तर त्यसको लागी शेयर बजारको बारेमा जानकार भने हुनु पर्ने हुन्छ । विद्यार्थी, व्यापारी, जागिरे, गृहणी , रोजगार र बेरोजगार सबैले जुनसुकै क्षेत्रमा बसेर यसको कारोबार गर्न सक्ने भएकाले यति राम्रो अबसरलाई सदुपयोग गर्न जानियो भने नाफा कमाउन सकिन्छ ।
शेयर बजार अबसर र संभावना भएको क्षेत्र हो । यसमा लगानी गर्ने लगानीकर्तामा पुजीँ, ज्ञान र सुचना छ र यसलाई फ्युजन गरेर जसले लगानी गरेको हुन्छ । त्यसलाई लगानी गर्दा बेफाईदा हुने संभावना धेरैनै कम हुन्छ । लहैैलहैमा लागेर हल्लाको पछि लागेर लगानी गर्नेका लागी भने लगानीकर्ताले नाफा हुनबाट बञ्चित हुनु पर्ने हुन्छ । गरेको सबै लगानी गुमाउनु पर्ने हुन्छ ।
शेयर बजारमा लगानी गर्नेहरु साना ,ठुला, दिर्घकालिन हुन्छन् त कोहि छोटोछोटो समयका लागी लगानी गर्ने ट्रेडर लगानीकर्ता पनि हुन्छन् । जसले जसरी लगानी गरे पनि सबैको उदेश्य भनेको नाफा कमाउने नै हो । । त्यसका लागी नेपालको शेयर बजारमा लगानीकर्ताले सुरुवाती क्षणमा आफ्नो क्षमता अनुसारको लगानी गर्नु पर्ने हुन्छ ।
शेयर बजारमा उतारचढाब हुन्छ नै तर शेयर बजार खरिद विक्रि गर्नका लागी कात्तिक महिनालाई राम्रो नै मानिन्छ । तर शेयर बजारमा सिजन अफसिजन हुने भएकाले लगानी कर्ताले विशेष अध्यन भने गर्नै पर्ने हुन्छ ।
शेयरमा बजार घट्दा आफ्नो पुँजी जोगाउनका लागी लगानीकर्ताको ध्याकार्षण नियामक निकायतिर हुन्छ । त्यहाँबाट सहि सुचना नआउँदा त्यहाँका मान्छे संवेदनशिल नबन्दा र चुपचाप बसिदिँदा लगानीकर्ताको मनोबल घट्न जान्छ र लगानीकर्ता आत्तिने हुन्छन् । तर लगानीकर्ताले हरेस नखाई मार्केट , सरकार र नियामक निकायप्रति सकारात्मक धारणा बनाउने हो भने घाटा भने खानु पर्ने हुन्न ।
सम्झनै पर्ने कुरा के हो भने कम्पनीहरुको अस्वभाविक मुल्य बृद्धि भईरहेको हुन्छ तर वित्तिय विवरण राम्रो भएको हुदैन त्यस्ता कम्पनीको अध्यन नगरि लगानी गर्दा भने फसिन सकिन्छ । त्यसैले आजको भोली नै शेयर बजारमा लगानी गर्दा नाफा कमाउन सकिन्न पुँजी लगानी गर्दा अध्यन गरेर जानेर बुझेर नै गर्नु पर्ने हुन्छ ।
FACEBOOK COMMENTS