काठमाडौं, मंसिर १० – सरकारले सगरमाथाको उचाइ घोषणा गर्नका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएको छ।बुधबार बसेको मन्त्रपरिषद बैठकले उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको एक मन्त्रीले बताए।भूमि व्यवस्था मन्त्री पद्धमा अर्यालले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
नापी विभागले केही उपकरणबाहेक आफ्नै स्रोत र साधनमा उचाइ नापेको थियो।यही महिनाभित्र कार्यक्रम गरी मन्त्रालयले सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी गरेको छ।
FACEBOOK COMMENTS