नेपालको निर्जीवन बीमा कम्पनीहरुमध्येको अग्रणी बीमा कम्पनी हो, सगरमाथा इन्स्योरेन्स कम्पनी । सगरमाथा इन्स्योरेन्स कम्पनी श्रीलङ्काको ‘सिलिन्को इन्स्योरेन्स कम्पनी’ को ज्वाइन्ट भेन्चरको रुपमा रहेको छ । कम्पनीले छिटो छरितो सेवा उपलव्ध गराउने उद्देश्यले सगरमाथा भिआइपी अन द स्पट योजना ल्याएको छ। कम्पनीले घटनास्थलमा तत्काल आफ्ना सर्भेयर पठाउने तथा मिले सम्म घटना अनुसार क्लेम पनि अन द स्पट दिने गरेको छ । सगरमाथा इन्स्योरेन्सको वर्तमान अवस्था र निर्जीवन बीमा कम्पनीहरुको अहिलेको सम्भावना र चुनौती कस्ता छन् ? बीमा कम्पनीका समसामयिक विषयवस्तुहरुका विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री संग बसन्त अर्याल ले गरेको कुराकानीः
हाल नेपालमा इन्सुरेन्सको अवस्था कस्तो छ ?
नेपालको इन्सुरेन्स सम्बन्धी इतिहास लामो छैन । त्यैपनि माइक्रो इन्सुरेन्समा हामिले धेरै प्रगति गरेका छौ । दक्षिण एशियाका केही राष्ट्रहरु नेपालको माइक्रो इन्सुरेन्स सम्बन्धी मोडललाई राम्रो मानेका छन् । नेपालमा जेनेरल इन्सरेन्स सम्बन्धी चेतना २०७२ सालको भुकम्प पछि अलि बढेको देखिन्छ तर प्रयाप्त मात्रामा छैन । मलाई लागेको थियो भुकम्प पछि मानिसहरु इन्सुरेन्स गर्न लाईन लागेर आउँछन् तर आएनन् । नेपालीहरु आफ्ना दुख छिटो भुल्ने गर्छन् इन्सुरेन्समा पनि त्यस्तै भो । जोखिमलाई खासै महत्व दिएनन् ।
धेरै नेपालीले इन्सुरेन्सको महत्व नबुझेर हो की ?
महत्व त पहिला भन्दा अहिले धेरैले बुझेका छन् । तर पनि इन्सुरेन्स गर्यो भने के फाईदा हुन्छ भन्ने धेरैलाई बुझाउन सकिएन । धेरैले इन्सुरेन्स भनेको क्षतिपुर्ति मात्र सम्झिए । इन्सुरेन्सको सामाजिक पक्ष पनि छ । यदि कुनै दुर्घटना भए धनि परिवारलाई त खासै फरक पर्दैन तर एक जनाले जिवन धान्ने परिवारमा त ठुलै विचलन आउँछ । यदि इन्सुरेन्स गरेको छ भने सानो पुँजीले पनि परिवारमा विचलन आउनबाट रोक्न सक्छ । त्यसैले हामिले इन्सुरेन्सको सामाजिक पक्षलाई पनि बुझ्नु आवश्यक छ ।
इन्सुरेन्स कम्पनीहरु जोखीम देखीए इन्सुरेन्स गर्नै मान्दैनन् भन्ने पनि छ ? जहाँ नाफा त्यहाँ हेर्छन भन्ने पनि सुनिन्छ ?
छैन । अहिले धेरै कम्पनि भैसके । व्यवसाय गर्न यस्तो प्रतिस्पर्धा भैसकेको छ । हो तपाईले भनेको कुरा पहिला लागु हुन्थो तर अचेल त्यस्तो छैन । आजको प्रतिस्पर्धाको दिनमा जुन कम्पनिले आफ्ना कस्टोमरलाई सन्तुष्ट राख्न सक्छ त्यो कम्पनी बजारमा टिक्छ । हो, जोखिम बढी छ भने त्यहि अनुसारको पैसा तिर्नु पर्छ । कम जोखीम कम प्रिमियम बढी जोखीम बढी प्रिमियम त्यहि हो बजारको नियम ।
तपाईले बजारमा प्रतिस्पर्धा छ त्यसैले बीमा गर्नेलाई सहज छ भन्नु भयो । बजारमा स्वस्थ भन्दा अस्वस्थ प्रतिस्पर्धा बढेको बीमा कम्पनीहरुनै भन्छन् ?
बजार भएपछि प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । जहाँ प्रतिस्पर्धा छैन त्यहाँ मार्केट हुँदैन । मार्केट भएपछि प्रतिस्पर्धा हुनै पर्छ । इन्सुरेन्स कम्पनि कपडा पसल जस्तो होईन । यी फाईनान्ससियल कम्पनी हुन् । हाम्रो आफ्नो पोलिसी हुन्छ । जो लेखिएको छ, हामीले त्यही गर्ने हो । कसैले बढाई चढाई गराई इन्सुरेन्स गर्दियो भने जुन दिन दाबी पर्छ त्यो दिन कम्पनीको वास्तविकता बजारमा आउँछ । यसले कम्पनीलाई नै घाटा हुने हो । कम्पनी प्रति विश्वास नहुनु हो । कम्पनि मात्र होईन सबै बीमा कम्पनीको विश्वासको सवाल उठ्छ । हामिले भुकम्पको क्षतिवापतको दाबी भुक्तानी जसरी गर्यौ । यसले समग्र बीमा कम्पनी प्रतिको विश्वास बढेको छ । त्यस्तै कुनै कम्पनीले गरेका नराम्रा कामले सबै इन्सुरेन्स कम्पनीलाई प्रभाब पारेको हुन्छ ।
कम्पनीले विजनेस बढाएरमात्र हुँदैन विश्वास पनि बढाउनु पर्छ । पहिला विजनेस भनेकै प्रोफिट हो भन्ने बुझिन्थो भने अहिले कस्टोमर सन्तुस्टी हो । त्यसपछि मात्र नाफाको कुरा आउँछ ।
सरकारले बीमा कम्पनीलाई बलियो बनाउन पुँजी वृद्धी गर्न भनेको छ । सगरमाथा इन्सुरेन्सले १ अर्ब पुर्याउन सकेको छैन कहिले पुर्याउँछ ?
हाम्रो पुँजी ५४ करोड पुग्न लागेको छ । यो वर्ष हामिले पुर्याउने विजनेश प्लान पठाएका थियौ । बोनस सेयर त्यसबाट नपुगलाई राईट सेयर दिने भनेर । तर अहिले इन्सुरेन्स कम्पनीले ब्यालेन्स सिट एजिम नगरेको कारण चाँहि नेपाल फाईनान्सियल रिपोर्टिङ सिस्टम यो पटक लागु हुने भएकोले हो । यसको लागि दक्ष जनशक्ति नेपालमा नभएकोले भारतमा पठाउनु पर्छ , यसले गर्दा समय लागिरहेको हो । हामिले ३ वर्षको डाटा पठाउनु पर्छ । यो रिपोर्ट कस्तो हुन्छ भने विश्वको जो सुकैले हेरे पनि सजिलै बुझ्छ । विश्वका अरु कम्पनि जस्तै स्टयान्डर्ड हुन्छ । मोडल उस्तै हुन्छ । यसले आगमी दिनमा धेरै सहज हुन्छ तत्काल केहि कन्फुज दिखिएको छ ।
पुँजी वृद्धीको लागि केहि समय थप गर्ने कुरा पनि भैरहेको छ । हामिलाई केहि समय लागे पनि आफ्नो क्राइटएरिया पुरा गर्छौ ।
इन्सुरेन्स कम्पनीका अरु समस्या के छन् ?
अघि नै कुरा गरि सक्यौ अस्वस्थ प्रतिस्पर्धा अहिले समस्याको रुपमा पनि देखा पर्न थालेको छ । अस्वस्थ प्रतिस्पर्धाले बजारमा नकरात्मकता सिर्जना गरेको छ । प्रतिस्पर्धा सर्भिसमा गर्नु पर्छ । अर्को हामीले सोचे जस्तो बजार विस्तार गर्न सकेनौ । बीमा साक्षरता बढाउन सकेका छैनौ ।
दाबी भुक्तानी पनी समयमा नपाउने गरेको गुनासो छ ?
अहिले त्यस्तो छैन । हामीले दाबी भुक्तानी समयमै गर्न सक्यौ भनेर भिआईपी सेवा सञ्चालनमा ल्याएका छौ । यसको रेस्पोन्स राम्रो आएको छ बजारमा । भिआईपी सेवा भनेको सवारी दुर्घटना भए हामीलाई फोन आउँछ अनि सवारी धनी, म्येकानिकस् र इन्सुरेन्स कम्पनीको प्रतिनिधीले कति क्षति भयो हिसाब निकाल्छ । कति भुक्तानी दिनु पर्ने हो बिल अनुसार अफिस बाट चेक हस्तान्तरण गछौं । जस्तो एउटा दुर्घटना भयो गाडिमा र मानिसलाई पनि क्षति पुग्यो । गाडिको हिसाब निस्कियो भने त्यो भुक्तानी गरिहाल्ने । व्यक्तिको क्षतिको बारेमा हस्पीटलको रिपोर्ट आएपछि भुक्तानी हुन्छ । पहिला हिसाब निकाल्न गाह्रो हुन्छ भनेर एकै पटक भुक्तानी गर्ने गर्थौ भने अहिले जुनकुरा मिल्यो त्यो भुक्तानी गर्छौ ।
बीमा कम्पनीहरु शहरमा मात्र केन्द्रत भए भन्ने आरोप पनि लाग्ने गर्छ नि ?
होईन । जहाँ बैंकका शाखा पुगेका छन् त्यहाँ इन्सुरेन्स पुगेका छन् । जहाँ अलि जनघनत्व बढी छ त्यहाँ केन्द्रीत हुने त स्वभाविक नै हो । जिल्लाका सदरमुकाम मात्र नभएर अरु बजार क्षेत्रमा पनि बीमा कम्पनीका शाखा खुलेका छन् । पहिला भन्दा खुल्न थालेका छन् विस्तारै सबै ठाउँमा फैलिदै जान्छन् । तर माईक्रो फाईनान्सलाई अलि बढी ध्यान दिनु पर्ने हो सकिएको छैन । यसको लागि गाउँ गाउँमा पुगेका सहकारीको च्यानललाई समातेर जादाँ उपयुक्त हुन्छ ।
अन्तमा, सगरमाथा इन्सुरेन्सको आगमी रणनीति के छ ?
पहिलो त बजार विस्तार नै हो । देशको कुना काप्चामा छिर्ने । पहिला सेवा अनि नाफा हाम्रो रणनीति हो । स्वस्थ प्रतिस्पर्धा बाट ग्रहाको मन जितेर व्यवसाय बढाउने नै हो ।
FACEBOOK COMMENTS