काठमाडौं, मंसिर ४ – सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा रु. ५ करोड ५६ लाख ४९ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ५ करोड १ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले समिक्षा अवधीमा रु. ७३ करोड ६१ लाख ७७ हजार बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले रु. ६७ करोड ६९ लाख ३३ हजार बीमाशुल्क संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ भन्दा बढी छ । कम्पनीले आफ्नो जगेडामा ५५ करोड २० लाख पैसा जम्मा गरेको छ । यस्तै, बीमा कोषमा ६५ करोड ९२ लाख रुपैयाँ जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रु. २२.२३ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ४०.३५, प्रतिशेयर नेटवर्थ २३४.४४, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ५३१.४८, र तरलता अनुपात २.५३ रहेको छ ।
FACEBOOK COMMENTS