काठमाडौं, मंसिर ४- त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण यसअधि स्थगित भएको व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।
झन्डै २० करोड रुपियाँ खर्च गरेर परीक्षा सञ्चालनको तयारीमा रहको विश्वविद्यालयले सङ्क्रमितको परीक्षा १५ मिनेटपछि लिने तयारीसमेत गरेको छ ।विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था मिलाइएको हो ।
हालको तयारी अनुसार सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ ।
साधारण विद्यार्थीसित सङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको छ ।
जसअनुसार सङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । – गोरखापत्र दैनिक
FACEBOOK COMMENTS