मदन तिमल्सेना
दमौली,फागुन ४ – रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा भएको सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधी व्यास ६ सिसाघाटका सुरज दुराले जितेका छन । दुराले ९ किलोमिटर दुरि ३३ मिनेट ४७ सेकेन्डमा पार गर्दै बिजेता बनेका हुन । त्यस्तै ३४ मिनेट १८ सेकेन्डमा दुरि पार गर्दै भानु १२ का अनिल माझकोटि द्वितिय भएका छन । माझकोटि गतवर्ष प्रथम भएका थिए । त्यस्तै व्यास ६ सिसाघाटकै प्रमिश गुरुङले ३५ मिनेट ३३ सेकेन्डमा उक्त दुरि पार गर्दै तृतीय भएका छन ।
विजेता धावकहरुलाई क्रमशः प्रथमलाई ९ हजार १७, द्वितिय ६ हजार १७ र तृतीय हुनेले ४ हजार १७ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे । त्यस्तै गरि महिला तर्फ ४४ मिनेट ५९ सेकेन्डमा करुणा श्रेष्ठ प्रथम र ४५ मिनेट ५८ सेकेन्डमा रोशी अधिकारी द्वितीय भएकी थिई । उनीहरुले क्रमशः १ हजार ५ सय र १ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे।
कार्यक्रमको सभापतित्व रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउतले गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा खेलकुदले स्वास्थ्य र शरिरिक फुर्तिलो बनाउने प्रमुख न्यौपानेले बताए । व्यास नगरपालिकाले खेलकुदलाई अगाडि बढाएको समेत बताए । व्यासले बर्षे पिच्छे व्यास अल्ट्रा म्याराथन गरिरहेको र आगामी नारी दिवसमा समेत महिलाका लागि दौड प्रतियोगिता गर्ने प्रमुख न्यौपानेले बताए ।
भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मनोज राउतले बताए । ‘स्वार्थ भन्दा माथि सेवा’ एवम् ‘साथित्व र भत्रृत्व संगै सेवा’ भन्ने मुल नारामा उक्त कार्यक्रमको आयोजना गरिएको थियोे । प्रतियोगितामा ४० जना धावकहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक किरण श्रेष्ठले बताए । दौड अनसन चौतारी देखि पृथ्वी राजमार्ग तालघरे हुँदै घासिकुवा पुगि सोहि रुट फिर्ता भई अनसन चौतारीमा आइ सकिएको थियो । दौड ९ किलोमिटरको रहेको थियो ।
FACEBOOK COMMENTS