काठमाण्डौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिवहरूको विदेश भ्रमणमा कडाइ गरेको छ ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र संवैधानिक आयोगलाई लिखित सर्कुलर गरी अनावश्यक भ्रमण स्वीकृत नगर्न र विदेश भ्रमणमा रहेका कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको छ ।
मन्त्रालय र जिम्मेवार निकायका प्रमुख व्यक्ति (सचिव) पटक–पटक लामो समय विदेश भ्रमणमा जाँदा दैनिक कार्यसम्पादन र मन्त्रालयले गर्नुपर्ने महत्त्वपूर्ण काम अवरुद्ध हुने क्रम बढेपछि कडाइ गरिएको हो ।
गत साता तीन दिन भएको मन्त्रालय र मन्त्रिपरिषद् मातहत कार्यालयको प्रगति छलफलमा प्रधानमन्त्रीले मन्त्रालयका वरिष्ठ अधिकारीले नै विदेश भ्रमणमा बढी समय खर्चिंदा कार्य सम्पादन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि विदेश जाने तयारीमा रहेका केही सचिवले भ्रमण रोकेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS