काठमाडौँ, आश्विन २५ – सनराइज बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटमा विशेष छुट पाउने भएका छन् । बैंकले आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्यमा छुट योजना ल्याएको जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम पाँच सय तत्काल छुट पाउने व्यवस्था गरिएको जनाइएको छ ।
यो योजना असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS