काठमाडौं, कार्तिक २९ -सनराइज बैंकले देशका विभिन्न भागमा शाखा र एक्सटेन्सन काउण्टर विस्तार गर्ने क्रममा कैलाली स्थित भजनीमा आफ्नो १२३ औं शाखा संचालनमा ल्याएको छ।
बैंकले सोहीदिन भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टरहरm पनि विस्तार गरेको छ।
हालसम्म बैंकले १२३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४४ वटा ए।टि।एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए।टि।एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।