काठमाडौँ, कार्तिक ६ – सनराइज बैंकले तिलोत्त वडा नं.–६,गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालमा ल्याएको छ । बुधवार बैंकले आयोजित कार्यक्रममा मार्फत शाखा रहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेको हो ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
हालसम्म बैंकले १३५ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६४ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
FACEBOOK COMMENTS