काठमाडौँ, मंसिर १३ – नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
गएको बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले उल्लेख गरेका छन् ।
होम आइसोलेशनमा बसेको बताएका सन्दीपले ट्वीटमा लेखेका छन्, ‘सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईँहरुको प्रार्थनामा मेरा लागि पनि स्वास्थ्य लाभकाे कामना गरिदनु हाेला ।’
FACEBOOK COMMENTS