काठमाडौं, भदौ ११ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले गत भदौ नौं गते कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धकले जीवन बीमाको महत्वबारे प्रकाश पारे ।
FACEBOOK COMMENTS