काठमाडौं, पुस २१- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।
बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आयसुविधा र क्रिया खर्च रकम वापत एक कार्यक्रमका विच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई रु. ३१,०००।– को चेक हस्तान्तरण गरेका छन् ।
साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।
FACEBOOK COMMENTS