काठमाडौं, २२ पुष – सरकारले सबै अस्पतालहरुलाई कोभिडसँग सम्बन्धित र गैरकोभिड उपचार सेवा प्रदान गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार भएको प्रेस ब्रिफिङ्गमा कोभिड अस्पतालले कोभिड उपचारसँगै गैरकोभिड सेवा दिन भनिएको जानकारी दिए । त्यसैगरी ननकोभिड अस्पतालहरुले पनि गैरकोभिड सेवा प्रदान गर्न निर्देशन दिएको बताए ।
त्यसैगरी खोप उच्चस्तरिय अनुगमन समिति गठन गरिएको पनि उनले जानकारी दिए ।
प्रवक्ता गौतमले वायु प्रदुषणले श्वासप्रश्वासमा कठिनाई पार्ने भएकाले घर बाहिर निस्केर शारीरिक अभ्यास नगर्न आग्रह गरे ।
साथै फोहरहरु नजलाउन पनि उनले आग्रह गरे ।
FACEBOOK COMMENTS