काठमाण्डौँ — बिमस्टेकमा आवद्ध सबैजसो मुलुकसँग नेपालले व्यापारघाटा बेहोरेको छ ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले भारतसँगको व्यापारमा आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापारघाटा बेहोरेको छ ।
यस्तै, केही वर्षअघिसम्म नाफामा रहेको बंगलादेशसँगको व्यापारमा पनि पछिल्ला केही वर्षदेखि नेपालले घाटा बेहोर्दै आएको छ ।
गत आथिैक वर्षमा नेपालले बंगलादेशसँग ३ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।
यस्तै, थाइल्याण्डसँग नेपालले गत आर्थिक वर्षमा १३ अर्ब १० करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको विभागको तथ्यांकमा छ ।
तथ्यांकअनुसार म्यानमारसँग नेपालले गत आवमा ४ अर्ब ११ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।
बिमस्टेकमा संलग्न अर्को देश भुटानसँग गत आवमा नेपालको व्यापारघाटा १ अर्ब ५६ करोड रुपैयाँको छ ।
गत वर्ष नेपालले श्रीलंकाबाट ३० करोड ९६ लाख रुपैयाँको समान आयात गरेको छ भने नेपालले ८९ लाख ५५ हजार रुपैयाँको सामाग्री निर्यात गरेको छ ।
अर्थविद् डा. शंकर शर्माका अनुसार नेपालले बिमस्टेक राष्ट्रसँग उर्जा, व्यापार लगानी लगायतका क्षेत्रबाट फाइदा लिने प्रशस्तै आधारहरु रहेको बताए ।
— कारोबार
FACEBOOK COMMENTS