काठमाडौं,मंसिर ८- सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासघका विशिष्ट सदस्य चण्डीराज ढकालले यूनानमा आयोजित ‘चाइना-साउथ एसिया, साउथइस्ट एसिया कर्मशियल लिगल फोरम- २०१९’ मा सहभागिता जनाएका छन् । नोभेम्बर २२ मा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले दक्षिण एसियाका देशहरुले आपसि समन्वय, सहकार्य र हातेमालो गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।
ढकालले चिनले अगाडी सारेको ‘वन बेल्ट वन रोड’ को अवधारणा समग्र दक्षिण एसियाको आर्थिक विकाशका लागि कोशेढुंगा साबित हुने बताए । उनले यस योजनाको सफल कार्यान्वयनका लागि आउने कानुनी बाधाहरुलाई सबै मिलेर समाधान गर्नु पर्ने बताए । प्रत्यक देशका आफ्नै आर्थिक तथा व्यापार सम्बन्धि कानुन भएका कारण यसलाई कसरी समय सापेक्ष रुपमा परिमार्जन र संशोधन गर्ने भन्ने कुरामा सबै राष्ट्रले ध्यान दिनु पर्ने उनले बताए ।
‘वन बेल्ट वन रोड’ दक्षिण एसिया राष्ट्रमा अन्तरदेशिय व्यापारमा टेवा पुग्नुका साथै अन्य मुलुकसँगको व्यापारिक कनेक्टिभिटि समेत बढेर जान्छ । यसका लागि सबै देशको कानुनी सहकार्य हुनपर्नेममा उनले जोड दिए ।
नेपालले पनि बिभिन्न क्षेत्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धि सन्धि सम्झैतामा हस्ताक्षर गरेको प्रशंग उठाउँदै ढकालले समग्र राष्ट्रको आर्थिक विकाशका लागि नेपालले कानुनी अफ्ठ्याराहरु समाधान गरी कानुनी सहकार्य गर्ने विश्वास व्यक्त गरे ।
‘वन बेल्ट वन रोड’ले समग्र दक्षिण एसियालाई समेट्ने तथा ठूलो लगानीको प्रोजेक्ट भएकाले यसका क्रममा आउने विभिन्न कानुनी अफ्ठ्याराहरुलाई सम्बोधन गर्न यस्ता फोरमले सकारात्मक काम गर्ने उनले बताए ।
उक्त कार्यक्रममा एसिया महादेशका कानुनी विज्ञहरु, विश्वविद्यालयका प्रोफेसर, चिनका कानुन विभागका प्रमुख लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS