काठमाण्डौं- सबै लगानीकर्ता अनलाइन कारोबारमा जोडिन पाउने भएका छन्।
यसअघि सीमित ब्रोकर कम्पनीहरु मात्रै ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’मा आबद्ध रहेकोमा आइतबारदेखि ५० वटै ब्रोकर कम्पनी यसमा जोडिएकाले सबै लगानीकर्ता अनलाइन कारोबारमा जोडिन पाउने भएका हुन्।
नेपाल स्टक एक्स्चेन्जका अनुसार अब सम्पूर्ण लगानीकर्ताले आ–आफ्ना ब्रोकर कम्पनीमार्फत युजर नेम र पासवर्ड लिन पाउने छन्।
त्यही युजर नेम र पासवर्डका आधारमा लगानीकर्ता नेप्से अनलाइन ट्रेडिङ सिस्टम सँग जोडिन सक्ने एक्स्चेन्जले जनाएको छ।
हाल परीक्षण कारोबारमा अनलाइन प्रणाली रहेकाले उनीहरुले आदेशको विवरणहरु हेर्न मात्रै पाउने छन्।
