काठमाडौं,माघ ७- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि मनोनयन दर्ता गराएका छन् । उनले मंगलबार बिहान मनोनयन दर्ता गराएका हुन्।
सापकोटाले नेकवा संसदीय दलका उपनेता सुवास नेम्बाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी दिने भनेको भएतापनि अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गराएन् । मंगलबार दलको संसदीय कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको हो ।
नेकपासँग स्पष्ट बहुमत पनि भएको र सभामुख पद तटस्थ हुनुपर्ने भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसको तर्क छ ।
सभामुखका लागि माघ १२ मा निर्वाचन हुनेछ। सांसद सापकोटाको मात्रै उम्मेदवारी परेको खण्डमा सापकोटा स्वतः सभामुख हुनेछन्।
FACEBOOK COMMENTS