काठमाडौं, ०१ कार्तिक- प्रधानमन्त्री केपी शर्मा अोलीले सभामुखबाट महरा लाई हटाईनुमा एमसीसी प्रमुख कारक रहेको गुह्य रहस्यको खुलासा गरेका छन । सभामुख महराले पदीय हैसियत अनुसार काम नगर्दा एमसि रोकेर सम्झौता अनुमोदन नभएको र अबको हिउँदे अधिवेसनमा पारित गर्ने सम्मको तयारी भैरहेको कुरा कान्तिपुर दैनिकको लागि सम्पादक सुधिर शर्माले लिएको अन्तरवार्तामार्फत उनले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले अमेरिकाको यो रणनीतिलाई विकासका हिसाबले मात्र आफूले बुझेको बताए । उनले यही रणनीतिअन्तर्गत अमेरिकाले अघि सारेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रम भने नेपालको हितमा रहेको र त्यसलाई नेपाली संसद्ले अनुमोदन गर्ने जानकारी दिए । यही कुरा नमान्दा कृष्ण वहादुर महरालाइ प्रधान मत्रि ओलिले हटाउने सम्मको चेतावनी दिएका थिए ।
कांग्रेसका गगन थापाको समेत संलग्नता रहेको यस प्रोजेक्टको पुर्व सभामुख महरा वाधक देखिएका थिए । अमेरिकाको एमसीसी अनुदानको सम्झौता नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधान मन्त्री कै भनाइमा ‘तत्कालीन सभामुखजीले अलिक बेठीक गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोण र छलफलका आधारमा अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको (कुरा) भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैले उहाँलाई केही भनिदियो, त्यसपछि उहाँ विभिन्न नेताका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ लाग्नुभयो ।’
सभामुख महराले पदीय हैसियतअनुसार काम नगर्दा सम्झौता अनुमोदन नभए पनि अबको हिउँदे अधिवेशनले एमसीसीलाई अनुमोदन गर्ने उनको भनाइ थियो । पुर्व सभामुख महरा माथि आरोप लाग्ने वित्तिकै नेकपाको बैठक बोलाएर तत्काल राजिनामा माग्नुले पनि प्रधानमन्त्रीको सभामुखलाई तत्काल हटाउने नियत प्रष्टहुन्छ । यहि कुराले अहिले नेकपा भित्र खैला बैला समेत भएको छ । आगामि दिनमा केपि ओलिले सुभाष नेम्वाङलाई सभामुख बनाउने र एमसीसीलाई अनुमोदन गर्ने रणनिति रहेको देखिन्छ ।
FACEBOOK COMMENTS