काठमाडौं,माघ २५- सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ ।शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।
न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ ।
सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।
FACEBOOK COMMENTS