काठमाण्डौ– केपी ओलीको सरकार समृद्ध नेपाल सुखी नेपालीको नारा दिदै हिड्ने गरेको छ । सरकारका सबै मन्त्रीले जुन कार्यक्रममा पनि विकास र समृद्धी भन्न छुट्याउदैनन् ।
तर केपी ओलीको सरकारका कुनै पनि मन्त्रीले यसरी समृद्धी आउँछ भनी स्पाष्ट खाका देखाएन सकेका छैनन् । जहाँ पनि मन्त्रीले संबोधन गर्दा समस्या मात्र देखाउने गरेका छन् ।
आईतबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थीक पत्रकार समाजको अन्तरक्रिया कार्यक्रममा कृषी मन्त्री चक्रपणी खनाल ‘बलदेव’ले आफ्नो संबोधनमा कृषीका समस्या यो यो छन् भनि भाषण ठोके ।
कार्यकारी ठाउँमा बसेका मन्त्रीले समस्या मात्र बताउने भए समाधान कसले खोज्ने ? कृषी उद्योगी, किसानका समस्या समाधान गर्न बसेको मन्त्रीले समस्यामात्र ओकले देश कसरी समृद्ध हुन्छ भन्ने चासोको विषय बनेको छ ।
कार्यकममा कृषीमन्त्री खनालले किसानले प्रविधीको पहिचान गर्न नसक्दा कृषी व्यवसयीकरण हुन नसकेको , नयाँ प्रविधी भित्राउनु पूर्व समस्याको पहिचान गर्नु पर्ने बताए ।
कृषी लोन , जमिन , बजार , कृषी सामग्रीको अभावका कारण नेपाल कृषीमा आत्म निर्भर हुन नसकेको उनको तर्क गरे ।
उनले कृषी मन्त्रीको पद सम्हालेको महिनौ भैसक्दा पनि अझै समस्या मात्र देखाउँदा कृषी क्षेत्रलाई कसरी व्यवसायीक बन्छ भन्ने प्रश्नको जवाफ पाउन मुश्कील परेको छ ।
जबसम्म मन्त्रीले समाधानको सुत्र पत्ता लगाउन सक्दैन तब सम्म समृद्ध मुलुक हुने कुरा हावामै सिमित हुने छ ।
कृषीलाई आधुनिकीकरण गर्न नयाँ प्रविधीको आवश्यक
नेपाल उद्योग वाणज्य महासंका अध्यक्ष भवानी राणाले नेपालको कृषी क्षेत्रलाई सुधारको लागि नयाँ प्रविधीको आवश्यक रहेको बताएकी छन् ।
कार्यक्रमामा ईवाईसी ल्याब भारतका सिईयो टाईलर मार्सलले माटो र कम पानीमा कसरी कृषी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले मोवाईल टेक्नोलोजी , ग्रीन हाउस , अटोमेटीक प्रोडक्सन सिस्टमको बारेमा बताएका थिए ।
FACEBOOK COMMENTS