अन्जनराज न्यौपाने,
तनहुँ, ३१ भाद्र -समाजसेवी मेख बहादुर गुरुङले डेरावालहरुलाई एक महिनाको घरभाडा बापतको ७७ हजार रकम मिनाहा गरेका छन्। जिल्ला स्थित ब्यासनगरपालिका -४ निवासी ८७ बर्सिय गुरुङले आफ्नो घरमा रहेका विभिन्न व्यवसायिक फर्मलाई घरभाडा मिनाहा गरेका हुन । उनले घरभाडा मिनाहा गर्ने क्रममा ॐ फर्निचर उद्योगलाई ३० हजार, अभिषेक होटल एण्ड खाजा घरलाई २५ हजार छुट दिएका छन्।
त्यसैगरि समाजसेवी गुरुङले थ्री स्टार सोफा उधोगलाई २० हजार रुपैयाँ र रनर सोरुमका कर्मचारीहरुको १ महिनाको ४हजार कोठाभाडा छुट गरेका छन्। भाडा छुटमा कुल एक महिनाको ८१ हजार घर भाडा मिनाहा भएको छ ।
ॐ फर्निचर उधोगका प्रोपाईटर दिपक गैरे,थ्री स्टारका प्रोपाईटर विक्रम पुलामी मगर ,अभिषेक होटल एण्ड खाजा घरका प्रोपाईटर अभिषेक श्रेष्ठ र रनर सोरुमका प्रोपाईटर प्रकाश घिमिरेले समाजसेवी गुरुङले एक महिनाको घर भाडा मिनाहा गरिएको जानकारी दिए।
जोखिम मोलेर ब्यबसाय गरेका विभिन्न उधोगी ब्यबसायीहरुलाई कोभिड(१९ ) का कारण व्यवसाय गर्न असहज भएकोले राहत स्वरुप आफुले एक महिनाको भाडा छुट गरेको समाजसेवी गुरुङले बताए ।
FACEBOOK COMMENTS