काठमाण्डौँ — कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।
कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए ।
उनका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् ।
अहिले दैनिक हजार कर्मचारी आफैँ आएर विवरण अद्यावधिक गराउने गरेका छन् ।
समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने छ ।
— कारोबार
FACEBOOK COMMENTS