काठमाडौं, मंसिर ६ – निजी क्षेत्रको विमान सेवा प्रदायक कम्पनी समिट एयरले नयाँ जहाज भित्र्याएको छ।चेक गणतन्त्रको एलइटी कम्पनीद्धारा निर्मित दुई इञ्जिन भएको १८ सीटे क्षमताको ‘नाइन–एन एल ४१०’ जहाज बिहीबार काठमाडौं आइपुगेको हो ।
दुर्गम जिल्लाका धावनमार्ग सानो भएका विमानस्थलमा उडान गर्न सजिलो हुने मानिएको उक्त जहाज नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पूरा गरेर छिटै सञ्चालनमा ल्याइने एयरलाइन्सले जनाएको छ ।
नयाँ जहाज लुक्ला र डोल्पा लगायत पहाडी तथा हिमाली क्षेत्रको उडान रूटमा चलाउने योजना रहेको समिटले जनाएको छ ।
हाल समिटले पोखरा, सुर्खेतलाई, फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ, सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गरिरहेको छ।
FACEBOOK COMMENTS