काठमाडौँ, १३ फागुन – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बुधवार शाखा कार्यालय पोखराको चिप्लेढुङ्गामा स्थापना गरेको छ ।
शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले गरेका हुन् । मकवानपुरको हेटौंडामा प्रधानकार्यालय रहेको उक्त कम्पनीको काठमाडौंको पुतलीसडक र बुटवलमा शाखा कार्यालय रहेको छ ।
चितवनको नारायणगढमा पाँचौ शाखा सञ्चालनमा आइसकेको र चाँडै उद्घाटन हुने पनि कम्पनीले बताएको छ । नयाँ शाखा कार्यालयहरुसहित देशभरि कम्पनीको शाखा सञ्जाल पाँच ओटा पुगेको छ ।
कम्पनीले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS