समृद्ध नेपालको लागि योजना आयोगद्वारा २५ वर्षे मार्गदर्शक सिद्धान्त मस्यौदा तयार
कर्पोरट खबर
9:29 am, बुधबार, फाल्गुन २२, २०७५
काठमाण्डौं– राष्ट्रिय योजना आयोगले दीर्घकालिन सोच सहित २५ वर्षको मार्ग दर्शक सिद्धान्त मस्यौदा गरेको छ ।
आयोगले २५ वर्षको दीर्घकालिन सोचमा नेपालको संविधानमा भएका व्यवस्थाको कार्यन्यन गर्दै नीतिगत निरन्तरता सहित शुशासन, विकास र समृद्धिको सिर्जना, तिव्रता र दिगोपनाको सिद्धान्त अवलम्बन गर्ने मस्यौदा तयार पारेको हो ।
योजना आयोगद्वारा २५ वर्षे मार्गदर्शक सिन्दान्तका मस्यौदामा ,
- सार्वजनीक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको स्पष्ट भूमिका, सहकार्य र साझेदारी
- राष्ट्रिय हित, राष्ट्रिय एकता र समृद्धि
- विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै दिगो विकास लक्ष्य प्राप्ती र उच्च आय स्तर भएको मुलुकमा स्तरोन्नति
- पूर्वधार निमार्ण र शासकिय सुधार सहित तीब्र आर्थिक वृद्धि, उत्पादनशील रोजगारी र समन्यायिक वितरण
- वित्तिय संघियताको पूर्ण कार्यन्यनबाट प्रदेश र स्थानिय तहबाट आर्थिक समृद्धिको आधार निमार्ण
- आर्थिक स्थायित्व, बचत तथा लगानी अभिवृद्धि र उत्पादन तथा उत्पादकत्व वृद्धि
- कृषी, उर्जा खनिज र पर्यटनको विकास
- विज्ञान, सुचना प्रविधि र मानव संसाधन विकास, अनुसन्धान र नवप्रवर्तन
- अनुसुन्धानात्मक विकास र क्रमिक सुधार तथा उद्यमशीलताको विकास
- समावेशीकरण, प्रादेशिक सन्तुलन र पिछाडिएका क्षेत्र तथा समुदयको विकास
- आयोजना सुशासन
FACEBOOK COMMENTS