काठमाडौं,फागुन १८- महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नं. प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम धनगढीमा सम्पन्न गरेको छ।
प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको थियो ।
तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको
माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रणका
प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत
जानकारी दिइएको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS