काठमाडौं – नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ। तिहारमा मात्रै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ। ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ’, एसोसिएसनका कुमारकसजु श्रेष्ठले भने, ‘वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’
अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री पुष्पको माला खपत हुन्छ।एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ।उनकाअनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्यबराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ ।
एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री पुष्पमा नेपाल आत्मनिर्भर हुन नसकेको हो।
फ्यानका अनुसार वर्षभरिको मागबाहेक तिहारको समयमा सयपत्रीको छुट्टै कारोबार हुन्छ।तिहारमा हुने करिब ११ करोड बराबरको आन्तरिक उत्पादनमा १२ लाख माला बिक्री हुन्छ। तीन लाख थान सयपत्री माला भने आयात हुन्छ ।
– अन्नपुर्ण पोष्ट
FACEBOOK COMMENTS