काठमाण्डौँ — सरकारकै दबाबमा चिनियाँ विमान आयात भएको पाइएको छ ।
नेपाल वायुसेवा निगमले चिनियाँ विमानको राम्रो अवस्था नदेखेपछि सरकारलाई पत्रमार्फत पहिला भनिएको जस्तो विमान नपाइएको जनाकारी गराएको थियो ।
उक्त विमान नेपालमा उडान गर्न उपर्युक्त नभएको पाइएका कारण देखाई सरकारलाई पत्राचार गरेको थियो ।
नेपाल वायुसेवा निगममा दोस्रो कार्यकालमा फर्किनुभएका निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस्तो बताए ।
चीनले सम्झौता बमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ई विमान अनुदानस्वरुप दिएको थियो ।
तर केही समयपछि विमानमा चरा ठोक्किएको थियो ।
यो विमान विराटनगरमा १५ दिन ग्राउन्डेड भएको थियो ।
अध्यक्ष खरेलले ‘निगमले विमानको सपोर्ट सिस्टम राम्रो नपाएपछि अब भने विमान आयात रोक्नुपर्ने बताए ।
— समाचारपत्र
FACEBOOK COMMENTS