काठमाण्डौँ — सरकारले सरकारी दस्तुर संकलन गर्न आफ्नै पेमेन्ट गेट वे ९ई–पेमेन्ट गेटवे० सञ्चालनमा ल्याउने तयारी गरेको छ।
त्यसका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले सफ्टवेयर निर्माण गरी परीक्षण गर्न थालेको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोख्रेलले ई–पेमेन्ट गेटवका लागि आवश्यक सफ्टवेयर निमार्णको काम सम्पन्न भइसकेको जानकारी दिए।
उनले सफ्टवेयर निर्माणको कार्य सम्पन्न गरी पहिलोचरणमा परीक्षणका लागि काम सुरु भएको बताए ।
उनका अनुसार पहिलोचरणमा परीक्षणका रूपमा लोकसेवा आयोग, यातायात कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, यातायात विभाग, आन्तरिक राजस्व विभाग र महालेखा नियन्त्रक कार्यालयको सिस्टममा जडान गरिनेछ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS