काठमाडौं – सरकारले ४ वटा सिग्नेचर पुलहरुको डिजनाइन यसै आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।
सडक विभाग अन्तर्गत बन्न लागेको डिजाइन संयन्त्रमा विदेशी विज्ञ ल्याएर डिजाइन सुरु गर्ने योजना गरिएको हो ।
विभागका पुल महाशाखा प्रमुख दीपककुमार भट्टराईका अनुसार ४ मध्ये एउटा पुलले चितवनको भरतपुर र नवलपरासीको गैँडाकोट जोड्ने हुनेछ ।
कुल १० वटा यस्ता सिग्नेचर पुल निर्माण गर्ने योजना भएपनि हालसम्म अन्यको भने छनोट हुन सकेको छैन ।
सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन गृहकार्य गरिरहेको छ ।
नेपालमा बनेका केही नयाँ किसिमका पुलहरुको लोकप्रियता र चर्चालाई ध्यानमा राखेर सरकारले यस्तो योजना थालेको हो ।
हाल कर्णाली र महाकालीमा भएका पुल भन्दा पनि आकर्षक पुल बन्ने छन् । सडक विभागले ती पुललाई ‘सिग्नेचर पुल’ भनेको छ ।
यसरी बन्ने पुलहरु मोटरेबल नै हुनेछन् ।
FACEBOOK COMMENTS