काठमाडौं, -कार्तिक १७- सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी उनीहरुलाई पदमुक्त गरिएको बताए ।संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो । नेकपाको तर्फबाट ओलीले सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि काँग्रेसको विरोध गर्दै आएको थियो ।
पदमुक्त हुनेमा प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायथ्य, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश मोहनराज मल्ल छन् ।
FACEBOOK COMMENTS