काठमाडौं, जेठ ६ – सरकारले जेठ ९ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते आइतबारका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।
FACEBOOK COMMENTS