काठमाडौं, चैत १४ –एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्नुपर्ने चुनौतीका बीच उभिएको माओवादी केन्द्र वर्तमान सरकारलाई रहेको समर्थन कहिलेसम्म भन्ने प्रश्नको चौघेरामा समेत अल्झिनुपरेको छ। सरकारको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका सन्दर्भमा अनिर्णयको बन्दी हुँदे आएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार भने सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने धारणा व्यक्त गरेका छन्।
बृहत् नागरिक आन्दोलनद्वारा राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाब सिर्जना भइरहेकाे आरोप लगाए। उनले राजनीति जुनसुकै दिशातिर गए पनि अब नैतिक र राजनीतिक हिसाबले धेरै दिन पर्खिन नसक्ने स्पष्ट पारे।
उनले हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस् तथा सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र समर्थन कायम रारिरहनुपरेको पनि उनले बताए।
FACEBOOK COMMENTS