काठमाडौं – सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन गर्ने भएको छ ।
राजस्व सचिव शिशिर ढुङ्गानाको बिदाई कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा जानकारी गराएका हुन् ।
सरकार परिवर्तन, फलोअपको कमी, नीतिगत सुधारको कमीका कारण विदेशीले नेपालमा लगानी गर्न चाहेर पनि कार्यान्वयन तहमा नआएको बताइएको छ ।
यसअघि सरकारले २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा करिब १४ खर्बको लगानी प्रतिबद्धता आएको थियो तर प्रतिवद्धता अनुसार लगानी आएको छैन ।
सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो ।
FACEBOOK COMMENTS