काठमाण्डौँ — सरकारले मेलम्ची ठेक्का रद्द प्रक्रिया अघि बढाउँदै ठेकेदारलाई १४ दिने म्याद दिएको छ ।
मेलम्ची खानेपानी विकास समिति बैठकले आइतबार इटालियन ठेकेदार कम्पनी सीएमसीलाई ‘किन ठेक्का रद्द नगर्ने ? भन्ने जवाफ माग गरिएको पत्र पठाउँदै दुई साताको म्याद दिएको हो ।
सरकारलाई चित्तबुझ्दो जवाफसहित नफर्किए ठेक्का सम्झौता रद्द भएको औपचारिक पत्र दिइनेछ ।
सीएमसी नफर्किए उसले बैंकमा राखेको अढाई अर्ब रुपैयाँ धरौटीसमेत जफत गर्ने सरकारको तयारी छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS