काठमाडौँ, २३ चैत – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिनु नपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले माओवादी केन्द्रको समर्थन कायमै रहेकाले विश्वासको मत लिनु आवश्यक नरहेको दाबी गरेका हुन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा विभाजित भएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारले विश्वासको मत लिनुपर्ने धारणा राखेका थिए ।
त्यसको जवाफमा मन्त्री ज्ञवालीले सरकार संविधानअनुसार नै चलेको बताउँदै अहिले विश्वासको मत लिन जरुरी नरहेको बताएका हुन् ।
मन्त्री ज्ञवालीले दार्चुलाको सिमाना रहेको महाकाली नदीमा भारतले बनाइरहेको बाँधका सम्बन्धमा भारतलाई सरकारले ध्यानाकर्षण गराएको बताए ।
एक सातापछि भारत र नेपाल दुवैको नापी विभागले तथ्यगत प्रमाण संकलन गर्ने उनले जानकारी दिए ।
FACEBOOK COMMENTS