काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्धको प्रदर्शन माइतीघरमा आज पनि जारी छ ।
काठमाडौँको माइतीघरमा कडा प्रहरी घेराबीच मिराज ढुंगाना, निकोलस भुसाललगायतले सरकारविरुद्ध आज पनि प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले हिजो पनि सोही स्थानमा आन्दोलन गरेका थिए । हिजोको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि छाडेको थियो ।
FACEBOOK COMMENTS