काठमाडौं– आर्थिक वर्ष २०७४/७५ को अन्तिम समयमा सरकारी खर्च वढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य मात्रामा थपिएको छ ।
बैंकमा थपिएको निक्षेपले ब्याजदरसमेत घट्ने सम्भावना बढेको छ ।
पछिल्लो २ सातामा मात्र वित्तीय प्रणालीमा ९३ अर्ब रूपैयाँभन्दा धेरै पैसा आएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा खर्च गर्ने सरकारको प्रवृत्तिले पछिल्लो समयमा बैंकिङ प्रणालीमा पैसा आएको हो ।
त्यसका साथै बैंकहरूले आर्थिक वर्षको अन्त्यमा कर्जा प्रवाह नगर्ने तर, निक्षेपमा जोड दिने भएकाले पनि निक्षेप बढेको देखिन्छ ।
सरकारी खर्च वढ्ने तथा केन्द्रीय बैंकले नगद सञ्चिती अनुपात र वैधानिक तरलता अनुपात घटाएपछि बढेको तरलताले अन्तर बैंकिङ दर घटाएर २ प्रतिशतको हाराहारमिा झरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।
–कारेबार
FACEBOOK COMMENTS