काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आधुनिक, विकसित र समृद्व देश बनाउने अभियानमा सरकार दैनिक एक कदम अगाडि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सुखी नेपाली संवद्घ नेपाल बनाउने अभियानमा सरकार कुनैपनि अलमलमा नपरी अगाडि बढिरहेको बताउँदै विकशित र संवृद्व नेपालका लागि अब कोहीपनि अलमलिन नहुने बताए ।
‘समृद्धिका लागि नयाँ नीति, योजना र संस्थाहरुको संरचना गरी सरकार हरेक दिन एक कदम अगाडि बढ्दैछ’ भन्दै प्रधानमन्त्री ओलिले‘निशन्देह हाम्रो हाम्रा अगाडि अप्ड्याराहरु छन्, बजेट र पैसा कम छ, शिक्षित र दक्ष जनशक्तिको अभाव छ तर हामी राष्ट्रिय एकता सहित एकतावद्घ प्रयासका साथ अगाडि बढिरहेका छौ ।’ भने ।
यो वा त्यो नाउँमा देशलाई अलमलाउन खोज्नेहरु भएको भन्दै प्रधानमन्त्री ओलीले भने – ‘देशलाई अब कुनै प्रकारको अलमल हुनुहुन्न, कुनै आकर्षक नाराका नाउँमा अलमलिने छुट अब छैन । जनता सार्वभौमसत्ता सम्पन्न भएका छन्, संविधान अनुशार विधि र प्रकृया तय भएको छ । अब विकासको तिव्र हुन्छ ।’
FACEBOOK COMMENTS