काठमाडौं, वैशाख २८ – संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ खोजेको छ ।
मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्रै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाएर सरकार गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सिंगै जसपा र माधव नेपाल समूहको समेत समर्थन जुटाएर सरकार निर्माण गर्ने निर्णय भएको बताएका छन् ।
FACEBOOK COMMENTS