काठमाण्डौं– सरकार संग कति भौतिक सम्पति छ भन्ने एकिकृत तथ्याङ्कको लेखा जोखा नभएको पाइएको छ ।
सार्वजानिक सम्पत्ति सहितको एकिकृत तथ्याङ्क हेर्ने कुनै निकाय नै नभएको संघिय संसदको अर्थ समितिले निक्याैल गरेको छ ।
अर्थ समितिले महालेखा नियन्त्रकको कार्यलयलाई पत्रलेखी सम्पत्ति विवरण कति छ अर्थ समितिमा पेश गर्न पत्र काटेको थियो ।
जवाफमा माहालेखा नियन्त्रक कार्यलयले सार्वजानिक जग्गा सम्बन्धी सम्पत्ति कति छ भन्ने आफ्नो माताहत भित्र नपर्ने जवाफ दिएको छ ।
महालेखा नियन्त्रक सुर्य गौतमल भने ‘अर्थ समितिको पत्र पछि आफुहरुले सम्बन्धीत निकाय संग सम्पत्ति विवरण मागेको र ८१ कार्यलय मध्ये १६ कार्यलयले अपुरो सम्पत्ति विवरण पेश गरेका छन्।’
उनले यसको एकिकृत विवरण कुनै निकाय संग नभएको भन्दै सचिव स्तरिय बैठकबाट विवरण मगाउन सकिने अर्थ समितिलाई जनाएका थिए ।
अर्थ समितिले १५ दिन भित्र सम्बन्धीत निकायलाई विवरण सहित अर्थ समितिमा पेश गर्न निर्देशन दिएको छ ।
अर्थ समितिले सार्वजानिक सम्पत्तीको एकिकृत विवरण हुनु पर्ने भन्दै यसको लागि कानुन आवश्यक भए बनाउनु पर्नेमा जोड दियो ।
हाल सार्वजानिक सम्पत्तिको विवरण स्थानिय निकाय, नेपाल ट्रस्टको कार्यलय र भुमी व्यवस्था कार्यलय संग छुट्टा छुट्टै रहेको छ ।
FACEBOOK COMMENTS