काठमाडौँ, १ फाल्गुन – कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००र(, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट हेयरको अवार्ड पनि हाल पार्न सफल भइन ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगिता वरिष्ठ क्याप्टेन बिजय लामालाई उहाँको कार्यको प्रशंसा गर्दै उहाको नेतृत्वदायी क्षमताप्रति सम्मान समर्पण गरिएको थियो । रोजिन शाक्यको कार्यक्रम सञ्चालन तथा अनिल बुर्जा मगरको निर्देशनमा सम्पन्न कार्यक्रममा प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
सुरक्षा सुवेदीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितमा प्रतियोगीहरुलाई ग्रुप ‘ए’ र ‘बी’ दुई समुहमा विभाजन गरी प्रतिस्पर्धा गराई प्रत्येक समूहका उत्कृष्ट तीन प्रतियोगी र दुई भ्युवर्स चोईस सहित उत्कृ्ष्ट ८ बाट सरिना तामाङ्ग विजेता बन्न सफल भएकी हुन । ग्रुप ‘ए’ तर्फबाट प्रेरना पुन विजेता बनेकी थिइन उनले एक वर्षको शैक्षिक छात्रावृत्तीसमेत हात पार्न अफल भईन । सम्बभिका जीसी र एलिजा चौधरी क्रमशः फर्स्ट र सेकेण्ड रनरअप भएका थिए। त्यसैगरी ग्रुप ‘बी’ तर्फ सरिना तामाङ उत्कृष्ट विजेता हुँदा रोमि मगर र रोशिना बस्नेत क्रमशस फर्स्ट र सेकेण्ड रनरअप हुन सफल भएका थिए ।
वरिष्ठ क्याप्टेन बिजय लामाको प्रमूख आतिथ्यतामा सम्पन्न तथा प्रमूख निर्णायक निर्णय श्रेष्ठ ‘एन एस के’, कर्म गुरुङ्ग, राजन झा, रक्षा आचार्य र कुसुम श्रेष्ठ निर्णायक रहेको प्रतियोगितामा बिधागत तर्फ आस्था तामाङ्ग अर्गनाईजर चोईस, शतिश्मा श्रेष्ठ कोरियोग्राफर चोईस, रोमि मगर मिस पपुलारिटी र मिस ट्यालेन्ट, प्रेरना पुन मिस फोटोजेनिक, डेनिशा ढुङ्गाना मिस मल्टिमिडिया र मस्ट कन्फिडेन्ट, एलिशा खतिवडा मस्ट कृएटिभ, एलिजा चौधरी मिस पङ्चुअल र वेष्ट ड्रेस, स्वस्तिका खड्का मस्ट डिसिपिलिन, सम्बभिका जीसी मिस फ्रेन्डली, रोशनी बस्नेत वेष्ट स्माईल, यमुना मुनिकार वेष्ट बडि, समिक्षा दाहाल वेष्ट स्किन, रेणुका भण्डारी वेष्ट पोस्चर र प्रतिज्ञा तामाङ्ग वेष्ट लुक्स अवार्ड हातपार्न सफल रहे ।
कथा ईभेन्टसले विगत लामो समयदेखि निरन्तर रुपमा बिभिन्न किसिमका सौन्दर्य प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष गनिका गुरुङ्गले बताइन ।
FACEBOOK COMMENTS