काठमाडौं, बैशाख २२- तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेका नेकपाका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ(किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
सोमबार अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले उनीहरुले उक्त घटना राजनीतिक भएको तर आपराधसँग जोडेर उल्टै मानवअधिकारको हनन गरेको भन्दै सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्।
डा यादवलाई अपहरण गरेर नभई सहमतिमा काठमाडौं ल्याएको बताउँदै उनीहरुले घटना विवरण आयोगमा बुझाएका हुन्। उनीहरूले आफूहरू निर्दोष रहेको समेत दाबी गरेका छन्।
महोत्तरीस्थित घरमै रहेका समाजवादी सांसद सुरेन्द्र यादवलाई सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए। तर समाजवादी पार्टीले भने सांसद यादवको अपहरण गरिएको भनेर छानबिनको माग गरिरहेको छ।
FACEBOOK COMMENTS