काठमाडौं – सर्वोच्च अदालतले एनसेलसँग लाभकर असुल्न परमादेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले एनसेलसँग लाभकर असुल्न परमादेश दिएको हो ।
एनसेलको सेयर स्वामित्व खरिद बिक्रि वापतको पुँजीगत लाभकर असुल्न सर्वोच्चले आदेश दिएको हो ।
एनसेलको ८० प्रतिशत सेयर टेलियासोनेरा कम्पनीबाट मलेसियन आजियटा कम्पनीले खरिद गरेको थियो । सो खरिद बिक्रि वापतको पुँजीगत लाभकर असुल्न सर्वोच्चले आदेश दिएको हो ।
एनसेलले ७२ अर्ब मुनाफामध्ये ४० अर्ब रुपैंयाँ लगिसकेको छ भने ३२ अर्ब नेपालमै रहेको छ । कर असुली प्रक्रियाका लागि ठुला करदाता कार्यालयले एनसेलको सम्पति दायित्व मूल्यांकन गरिरहेको छ ।
यस अघि सर्वोच्च अदालतकै अन्तरिम फैसलाका आधारमा एनसेललाई लाभांश लैजाने अनुमति दिईएको थियो ।
FACEBOOK COMMENTS