काठमाडौं, भदौ १० । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा हुन लागेको १४औं ‘नाडा अटो शो २०१९’ आजदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनीहलमा आयोजना गरिएको उक्त शो ६ दिनसम्म संचालन हुने मेलाको औपचारिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै छन् ।
यस प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा प्रदायकहरु गरी ९५ वटा ब्राण्डहरुको सहभागिता रहने छ । यस शो मा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु एक मात्र भव्य प्रदर्शनी भएको नाडाले जनाएको छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन हुने भएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा रहने छन् ।
FACEBOOK COMMENTS